नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ बमोजिम सूचना तथा सञ्चार मन्त्रालयको कार्य क्षेत्र देहाय बमोजिम रहेको छ।
- सूचना, सञ्चार र दूरसञ्चार सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
- दूरसञ्चार र प्रसारण फ्रिक्वेन्सी बाँडफाँट, शुल्क निर्धारण र नक्साङ्कन, प्रयोगको अनुमति, नवीकरण र नियमन
- सूचना र सञ्चार प्रविधिसम्बन्धी अध्ययन, अनुसन्धान, प्रवर्द्धन र नियमन
- भू-उपग्रहको स्थापना, सञ्चालन तथा उपयोग
- माइक्रोवेभ प्रणालीको विस्तार, ब्यान्डविथको अन्तर्राष्ट्रिय कनेक्टिभिटी र रेडियोयन्त्र प्रयोग
- रेडियो, टेलिभिजन, छापा सञ्चार र समाचार संस्थासम्बन्धी नीति, 'कानून र मापदण्ड
- राष्ट्रियस्तरका रेडियो, टेलिभिजन, प्रसारण संस्था र बहुवितरण प्रसारण प्रणालीको अनुमति, नवीकरण र नियमन
- विदेशी टेलिभिजन च्यानलको डाउनलिङ्क
- अनलाइन मिडियासम्बन्धी नीति, कानून र मापदण्ड
- श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकसम्बन्धी नीति, कानून र मापदण्ड
- सार्वजनिक प्रसारण, छापा र प्रसारण संस्थासम्बन्धी नीति, कानून र मापदण्ड
- स्वदेशी तथा नेपालबाट प्रसारण गरिने विदेशी छापा प्रकाशनसम्बन्धी नीति, कानून र मापदण्ड
- राष्ट्रिय विज्ञापन नीति र मापदण्ड
- हुलाकसम्बन्धी नीति, कानून, मापदण्ड, सञ्चालन र नियमन
- हुलाक टिकट प्रकाशन, भण्डारण तथा अभिलेख व्यवस्थापन
- धनादेश सेवा, हुलाक बैङ्क र अन्तर्राष्ट्रिय डाँक लेखा व्यवस्थापन
- चलचित्र र सिनेमा हलसम्बन्धी नीति, कानून र मापदण्ड
- सुरक्षण मुद्रण
- नेपाल राजपत्रको मुद्रण, वितरण तथा अभिलेख
- पत्रपत्रिकासम्बन्धी आचारसंहिता
- राष्ट्रिय सूचना आयोग
- प्रेस काउन्सिल, केन्द्रीय प्रेस रजिस्ट्रार, नेपाल दुरसञ्चार प्राधिकरण र चलचित्र विकास वोर्ड
- जनगुनासो व्यवस्थापन
- सृजनशील उद्यम (क्रियटिभ इण्डष्ट्री) सम्बन्धी कार्यहरू
- मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय
- मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन
- नेपाल इन्जिनियरिङ्ग सेवाको इलेक्ट्रोनिक एण्ड टेलिकम्युनिकेसन इन्जिनियरिङ्ग समूह सञ्चालन।