• ITU Radio Redulation मा आधारित Spectrum व्यवस्थापनका लागि आवश्यक प्रणाली, नीति, नियम सम्बन्धी राष्ट्रिय योजना तथा कार्यक्रम तर्जुमा, पूनरावलोकन, रिमार्जन एवं परिस्कृत गर्ने।
  • नेपालको Orbital Slot Allocation को उपयोग सम्बन्धमा ITU सँग आवश्यक समन्वय गरी Allocated Slot प्रयोगको निम्ति आवश्यक व्यवस्था गर्ने।
  • राष्ट्रिय फ्रिक्वेन्सी Allocation Table तयार गर्ने र तदनुरुप Assignment, Channeling, Reforming योजनाहरू तय गर्ने।
  • फ्रिक्वेन्सीको केन्द्रीय अभिलेख राख्ने।
  • रेडियो ऐन, नियमको अधीनमा रही विभिन्न रेडियो सञ्चारसेवाको लागि आवश्यक पर्ने रेडियो फ्रिक्वेन्सीको इजाजत सम्बन्धी नियमन गर्ने।
  • रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको सचिवालयको कार्य गर्ने।
  • रेडियो उपकरण तथा प्रणालीको प्राविधिक गुणस्तर, उपयुक्त प्रविधि, प्रणाली तथा परिष्कृत गर्ने।
  • अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरू जस्तै ITU, ICAD, INTELSAT, APT, APSCC, ABU सँग समन्वय राखी रेडियो फ्रिक्वेन्सीहरूको प्रयोग सम्बन्धमा जानकारी गर्ने गराउने।
  • प्रसारण क्षेत्रमा प्रयोग हुने स्याटेलाइटको विस्तृत अध्ययन गर्ने ।
  • प्रसारण क्षेत्र, अध्ययन अनुसन्धान, टेलिमेट्री, मौसम पूर्वानुमान, राष्ट्रिय सुरक्षा, Remote Sensing, Earth Exploration, जस्ता क्षेत्रमा प्रयोग हुने स्याटेलाइटको Foot Print, Bandwidth, Orbital Slot, Data Rate, Frequency (Uplink, Downlink) लगायतको विषयहरुको अध्ययन गर्ने, विश्लेषण गर्ने, अभिलेखीकरण गर्ने ।
  • भू-उपग्रह नीति, २०७७ बमोजिम स्थापना हुने स्याटेलाइट तथा सोसंग सम्बन्धित Earth Station हरुको सञ्चालन गर्ने गराउने ।
  • रेडियो फ्रिक्वेन्सीको प्रयोगको मनिटरिङको व्यवस्था गर्ने।
  • मनिटरिङ्ग स्टेसन, भ्यान लगायत पूर्वाधारको विस्तार गर्ने।
  • स्थलगत निरिक्षण तथा जाँच गराउने।
  • सबै प्रकारका उपलब्ध रेडियो सञ्चार एवं रेडियो प्रसारण प्रविधिहरूको अध्ययन विश्लेषण गरी सुहाउँदो प्रविधि उपयोग गर्ने व्यवस्था गर्ने।

(क) फ्रिक्वेन्सी व्यवस्थापन तथा प्रविधि विश्लेषण शाखा

  • समयानुकूल ITU Radio Regulation मा आधारित Spectrum व्यवस्थापनका लागि आवश्यक प्रणाली, नीति, नियम तथा प्रविधिसम्बन्धी राष्ट्रिय योजना तथा कार्यक्रम तर्जुमा, पुनरावलोकन, परिमार्जन एवं परिष्कृत गर्ने।
  • नेपालको Orbital Slot Allocation को उपयोगसम्बन्धमा ITU सँग आवश्यक समन्वय गरी Allocated Slot प्रयोगको निम्ति आवश्यक व्यवस्था गर्ने।
  • राष्ट्रिय फ्रिक्वेन्सी Allocation table तयार गर्ने र तदनुरूप Assignment र Channeling योजनाहरू तय गर्ने।
  • राष्ट्रिय फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैठकमा पेस गर्नुपर्ने विषयहरूको पहिचान तथा अध्ययन गर्ने।
  • रेडियो सञ्चार उपकरणको आयात/निर्यात/निर्माण/उत्पादन सम्बन्धमा प्राविधिक मापदण्डको सिफारिस तथा तदनुरूप गर्न विद्यमान ऐन, नीति, नियम तथा आदेशहरूको पुनरावलोकन गरी आवश्यकतानुसार संशोधनका लागि सिफारिस गर्ने।
  • रेडियो उपकरण तथा प्रणालीको प्राविधिक गुणस्तर, उपयुक्त प्रविधि, प्रणाली तथा परिष्कृत गर्ने।
  • सञ्चार प्रविधिको समयानुकूल विश्वव्यापी विकासलाई अन्वेषण तथा विश्लेषण गरी मुलुकका लागि तुलनात्मकरूपले उपयोगी प्रविधि पहिचान गर्ने सिलसिलामा नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय राखी काम गर्ने।
  • Type Approval Requirements को मस्यौदा तयार गर्ने, तथा निवेदन फारमहरूको विकास गर्ने।
  • दूरसञ्चार सम्बन्धि नीति तर्जुमा र कार्यान्वयन गर्ने ।
  • पूर्वाधार विकास र दूरसंचार विस्तार सम्बन्धि नीति निर्धारण गर्ने।
  • दूरसंचार सेवाहरूको अनुगमन र गुणस्तर नियमन गर्ने।
  • दूरसञ्चार पूर्वाधारको साइबर सुरक्षा निति निर्धारण, नियमन गर्ने।
  • दूरसंचार पूर्वाधार साझेदारीको प्रवर्द्धन र नीति निर्माण गर्ने।
  • उदयमान टेलिकम टेक्नोलोजीहरूमा अनुसन्धान र विकास गर्ने।
  • दूरसञ्चार उपकरणहरुको आयात, सेवा आउटसोर्सिङ को लागि सिफारिस गर्ने।
  • दूरसञ्चार सेवा इजाजतपत्रका लागि सहजीकरण गर्ने।
  • ग्रामिण दूर-सञचार सेवा विकासको लागि नीति तर्जुमा गर्ने।

(ख) रेडियो फ्रिक्वेन्सी अनुगमन शाखा

  • रेडियो फ्रिक्वेन्सीको प्रयोगको मनिटरिङ तथा Assigned फ्रिक्वेन्सीहरूको प्रयोगमा बाधा भए/नभएको पहिचान गर्ने।
  • फ्रिक्वेन्सी प्रयोगको दैनिक Log book तथा रजिष्टर खडा गरी फ्रिक्वेन्सी प्रयोगमा र Interference र Disturbances भए/नभएको निश्चित गर्ने।
  • रेडियो मनिटरिङस्टेसन तथा Mobile रेडियो मनिटरिङ प्रणालीको दैनिक सञ्चालन, संरक्षण, संबर्द्धन, परिमार्जन, परिष्कृत, स्याहार, सम्भार तथा मर्मत गर्ने।
  • इजाजत पत्रमा तोकेको स्तरअनुसार रेडियो फ्रिक्वेन्सी प्रयोग भए/नभएको जाँच गर्ने।
  • फ्रिक्वेन्सीको अनधिकृत प्रयोग भएको वा स्तरअनुसार प्रयोग गरे/नगरेको पत्ता लगाउने।
  • फ्रिक्वेन्सीको अधिकृत/अनधिकृत प्रयोगहरूको वार्षिक, मासिक, अर्धवार्षिक प्रतिवेदन राख्ने।
  • इजाजतपत्र जारी गर्नुपूर्व सञ्चार उपकरणहरूका प्राविधिक आधारसूचकहरू जाँच गर्ने।
  • Type Approval सञ्चार उपकरण तथा यन्त्र प्रणालीहरूको प्राविधिक Performance जाँच तथा प्रणालीहरूको अभिलेख राख्ने।
  • समयानुकूल मनिटरिङ प्रणालीमा सुधार र विकास गर्न योजना/कार्यक्रमहरू तर्जुमा गर्ने।
  • अन्तर्राष्ट्रिय रेडियो मनिटरिङसम्बन्धमा समन्वय गर्ने।
  • स्थलगत निरीक्षण तथा जाँच गर्ने।
  • सञ्चार उपकरण, यन्त्र प्रणालीको मनिटरिङ, जाँच गर्न Latest प्रविधिको प्रयोग तथा चयन गर्ने।
  • अधीनस्थ कार्यहरूको प्रतिवेदन तयार गर्ने।
  • अधीनस्थ कार्यहरूको यकिन गरी वार्षिक, कार्यक्रमहरूको योजना तथा बजेटतर्जुमा गर्ने तथा स्वीकृत योजना, कार्यक्रम तथा बजेटअनुसार कार्य सम्पन्न, कार्यान्वयन, अभिलेख राख्ने।
  • तालिम सेमिनार, कार्यशाला, गोष्ठी आदिहरूका उपलब्धि, निर्णय कार्यक्रम तथा सिफारिसहरू कार्यान्वयन गर्ने।
  • अधीनस्थ कार्यहरू पुनरावलोकन, मूल्याङ्कन तथा परिमार्जन गर्ने।
  • रेडियो मनिटरिङसम्बन्धमा ITU ले तोकेको प्राविधिकस्तर कायम गर्ने।
  • राष्ट्रिय मुद्दामा ITU, APT, ICAO जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गर्ने।
  • रेडियो स्पेक्ट्रम व्यवस्थापन, फ्रिक्वेन्सी समन्वय, र रेगुलेटरी कम्पलाइएन्सको लागि ITU, APT, ICAO र अन्य अन्तर्राष्ट्रिय र क्षेत्रीय एजेन्सीहरूसँग सहकार्य गर्ने।
  • रेडियो सञ्चार प्रविधि, नियमन र मानकीकरणमा अनुसन्धान र विकास गरी अन्तर्राष्ट्रिय फोरममा नेपालको हितमा हुने एजेन्डा उठाउने।
  • रेडियो संचार प्रविधिको मानकीकरण गर्ने।
  • उपग्रह संचार र कक्षीय स्लट व्यवस्थापनको लागी समन्वय गर्ने।
  • क्षेत्रीय छिमेकी देशहरूसँग कर्स बोर्डर फ्रिक्वेन्सीको समन्वय र सहजीकरण गर्ने।
  • अन्तर्राष्ट्रिय रेडियो नियमन (IRR) को कार्यान्वयन गर्ने।
  • ITU लगायत अन्य अन्तराष्ट्रिय संग सस्थाहरुमा फाइलिङ र सूचना आदान प्रदानको लगि समन्वय र सहजिकरण गर्ने।
  • फ्रिक्वेन्सी व्यवस्थापन, स्याटेलाइट, रेडियो उपकरण, सञ्चार आदी हरुको मानकीकरणको सम्बन्धि विभिन्न फोरमको लागि एजेन्डा तयारी गर्ने।
  • ITU विश्व रेडियो संचार सम्मेलन (WRC) र अन्य सम्मेलनमा सहभागिता
  • ITU र APT अध्ययन समूहहरूमा नेपालको प्रतिनिधित्व गर्ने।
  • विपद, प्रकोप संचार नेटवर्कको व्यवस्तापनमा समन्वय र सहयोग गर्ने।

(ग) सूचना प्रविधि शाखा

  • मन्त्रालय वा अन्तर्गतका सूचना प्रविधिसम्बन्धी सेवाको विकास, विस्तार र पहुँच अभिवृद्धिका लागि आवश्यक कार्यक्रम सञ्चालन तथा समन्वय गर्ने।
  • सूचना प्रविधि तथा डिजिटल पूर्वाधार विकास सम्बन्धी अध्ययन, अनुसन्धान तथा योजना तर्जुमा गर्ने।
  • साइबर सुरक्षा, सूचना सुरक्षा तथा डिजिटल प्रणालीको सुरक्षित प्रयोग सम्बन्धी नीति, मापदण्ड तथा निर्देशिका कार्यान्वयन गर्ने।
  • सूचना प्रविधि तथा डिजिटल सेवासम्बन्धी अन्तर्राष्ट्रिय संघ, संस्था तथा विकास साझेदारहरूसँग समन्वय तथा सहकार्य गर्ने।
  • सूचना तथा सञ्चार क्षेत्र लगायतका नविनतम प्रविधिको अध्ययन, अनुसन्धान, परीक्षण, उपयोग तथा प्रवर्द्धन गर्ने।
  • सूचना प्रविधि तथा डिजिटल सेवासम्बन्धी परियोजना तथा कार्यक्रमको योजना, बजेट, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्ने।
  • डिजिटल साक्षरता, डिजिटल सचेतना तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन तथा समन्वय गर्ने।
  • अनलाइन सेफ्टी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन तथा समन्वय गर्ने।
  • ITU-D र ITU-T अन्तर्गतका विषयहरूमा Focal Point हरूसँग समन्वय तथा सहजीकरण गर्ने।
  • मन्त्रालय र अन्तर्गतका निकायहरूमा Digital Transformation, Service Design, Business Process Re-engineering (BPR) सम्बन्धी कार्यक्रम तथा परियोजनाहरू पहिचान, तर्जुमा र कार्यान्वयनमा समन्वय गर्ने।
  • सूचना तथा सञ्चार क्षेत्रसँग सम्बन्धित डिजिटल सेवा, प्रणाली तथा प्लेटफर्महरूको विकास, एकीकरण तथा अन्तरआबद्धता (Interoperability) सम्बन्धी कार्य गर्ने।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा डिजिटल सञ्चार तथा इन्टरनेट शासन (Internet Governance) सम्बन्धी विषयमा मन्त्रालयको तर्फबाट समन्वय तथा प्रतिनिधित्व गर्ने।
  • सूचना तथा सञ्चारको क्षेत्रमा डिजिटल प्रविधिको गुणस्तर सुधार, पहुँच विस्तार तथा प्रभावकारिता अभिवृद्धिका लागि समन्वय तथा सहजीकरण गर्ने।
  • मन्त्रालयसँग सम्बन्धित साइबर घटना (Cyber Incident) व्यवस्थापन, प्रतिक्रिया तथा पुनर्स्थापना (Recovery) सम्बन्धी व्यवस्था तथा समन्वय गर्ने।
  • सूचना सुरक्षा, नेटवर्क सुरक्षा, डाटा सुरक्षा तथा प्रणाली सुरक्षासम्बन्धी प्राविधिक मापदण्ड पालना गर्ने/गराउने।
  • मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने डिजिटल प्रविधि तथा सञ्चारसम्बन्धी अन्य कार्य गर्ने।