मन्त्रालय र अन्तर्गतको कर्मचारी प्रशासन र सामान्य प्रशासन सम्बन्धी कार्य गर्ने।
मन्त्रालय र अन्तर्गतको जनसक्ति योजना र व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
सञ्चार, सूचना, सूचना प्रविधि, दूरसञ्चार, हुलाक, मुद्रण, चलचित्र आदि सम्बन्धी वार्षिक योजना कार्यक्रम र वजेट सम्बन्धी कार्य गर्ने।
दूरसञ्चार, हुलाक, मुद्रण सम्बन्धी नीति र कानून तर्जुमा कार्यान्वयन सम्बन्धी कार्य गर्ने।
आवधिक योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन सम्बन्धी कार्य गर्ने।
मन्त्रालयको कार्यक्षेत्र सम्बन्धी अन्तर्राष्ट्रिय संघ संस्था संग सम्बन्ध, सम्पर्क, समन्वय, सहायता सम्बन्धी कार्य गर्ने।
मन्त्रालय सम्बद्ध आयोग, प्राधिकरण, संस्थान, बोर्ड, समिति आदिको समन्वय, सहजीकरण, नियमन सम्बन्धी कार्य गर्ने।
मन्त्रालयको आर्थिक र प्रशासन सम्बन्धी कार्य गर्ने।
कर्मचारीहरूको कार्यविवरण सम्बन्धी कार्य गर्ने।
मन्त्रालय विषयसँग सम्बन्धीत सेवा, समूह, उपसमूहको संचालन।
(क) प्रशासन शाखा
मन्त्रालय र अन्तर्गतका कर्मचारी प्रशासन र सामान्य प्रशासनसम्बन्धी कार्यहरू गर्ने।
मन्त्रालयका लागि आवश्यक सामानहरूको आपूर्ति गर्ने तथा जिन्सी व्यवस्थापन गर्ने।
मन्त्रालयका राजपत्र अनंकित र श्रेणीविहीन कर्मचारीहरूको कामसम्बन्धी आवश्यक व्यवस्था मिलाउने।
जनसम्पर्क, सोधपुछ, गुनासो व्यवस्थापन र दर्ता चलानीको व्यवस्था मिलाउने।
मन्त्रालयमा रहेका सरकारी सम्पत्तिको संरक्षण, मर्मत, संम्भार तथा उचित प्रयोगको व्यवस्था मिलाउने।
संवैधानिक आयोग, संसदीय समिति, सतर्कता केन्द्र आदिबाट प्राप्त उजुरीहरूको व्यवस्थापन गर्ने।
मन्त्रालय र अन्तर्गतका विभागहरूको जनशक्ति विकास तथा संगठनात्मक सुधारसम्बन्धी कार्य गर्ने।
सूचना तथा सञ्चाररक्षेत्रका अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग फोकल प्वाइन्टको रूपमा सम्पर्क राखी काम गर्ने।
अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा अन्य दातृसंस्थाबाट सहायता उपलब्धिसम्बन्धी काम मन्त्रालयका अन्य शाखासँग आवश्यक समन्वय गरी गर्ने।
अन्तर्राष्ट्रिय क्षेत्रीय वा अन्य विदेशी संघसंस्थासँगसम्बन्धीत महाधिवेशन, सम्मेलन, गोष्ठी, सेमिनार आदिमा नेपालको सहभागीतासम्बन्धी तयारी कार्य गर्ने।
सञ्चाहर क्षेत्रमा विभिन्न किसिमका उपलब्ध सहयोग/सहायताको विवरण तयार गरी अद्यावधिक राख्ने।
विभिन्न मुलुकका दूरसञ्चातर, सूचना प्रविधि, हुलाक र प्रसारणसम्बन्धी प्रशासनबाट सोधिएका विषयहरूको जानकारी र माग हुने विवरणहरू उपलब्ध गराउनेसम्बन्धी कार्य गर्ने।
मन्त्रालयसँग सम्बन्धी सेवा, समूह, उपसमूह संचालन सम्बन्धी कार्य गर्ने।
अन्य शाखामा नपरेको मन्त्रालय सम्बन्धी कार्य गर्ने।
(ख) संस्थान समन्वय शाखा
मन्त्रालयअन्तर्गतका सम्वद्ध विभाग, संस्थान तथा समितिहरूको समन्वय, सहजीकरण, अनुगमन, नियमन सम्बन्धी कार्य गर्ने।
मन्त्रालय र सम्बद्ध विभाग, संस्थान, बोर्ड, प्राधिकरण, समिति, कम्पनी आदि र सम्बद्ध सेवा प्रदायकहरूका लागि आवश्यक पर्ने विदेशी मुद्रा, आयात, भन्सार तथा बिक्रीकर छुटसम्बन्धीकार्य गर्ने।
मन्त्रालय सम्बद्ध निकायका अध्यक्ष, कार्यकारी प्रमुख, सदस्यहरूको मनोनयन, नियुक्ति, कार्यसम्पादन करार सम्बन्धी काम गर्ने।
मन्त्रालय सम्बद्ध संस्थान, बोर्ड, प्राधिकरण, समिति, कम्पनी आदिको फोकल शाखाको रुपमा कार्य गर्ने।
(ग) योजना अनुगमन तथा मूल्यांकन शाखा
सूचना तथा सञ्चारसम्बन्धी नीति, योजना तथा कार्यक्रम, बजेट तथा स्रोत परिचालन सम्बन्धि कार्यगर्ने।
विभिन्न योजनाहरूको प्रगति प्रतिवेदन तयार गर्ने।
योजनाको उपलब्धिबारे तयार पारिएको प्रतिवेदनलाई नियमितरूपमा समीक्षा तथा मूल्याङ्कन गर्ने, गराउने।
मन्त्रालय, विभाग र संस्थानबाट सञ्चालित आवधिक योजनाहरूका कार्यान्वयनको अनुगमन प्रतिवेदन गर्ने।
विभिन्न निकायबाट प्राप्त नीतिको मस्यौदा उपर राय/प्रतिक्रिया दिने।
सूचना तथा सञ्चार सम्बद्ध विषयको तथ्याङ्क सङ्कलन तथा अद्यावधिक गर्ने।
अनुगमन मूल्याङ्कनको वार्षिक कार्ययोजना स्वीकृत गराई कार्यक्रमहरूको कार्य गर्ने।
(घ) आर्थिक प्रशासन शाखा
साधारण र विकासतर्फको अनुमानित बजेट तयार गर्ने।
साधारण बजेटको बजेट खर्च गर्ने अख्तियारी पत्र र बजेट बाँडफाँड तयार गरी स्वीकृत गराई पठाउने।
विकास बजेटतर्फ कार्यक्रम स्वीकृत भएपछि बजेट बाँडफाँड गर्न सहयोग पुर्याइ स्वीकृत कार्यक्रम बजेट बाँडफाँड एवं स्रोत व्यवस्था खुलाई अख्तियारी पठाउने।
केन्द्रीयस्तरको अभिलेख राख्ने र आर्थिक विवरण तयार गर्ने।
बजेट निकासा, रकमान्तर, निकासा खर्च, लेखापरीक्षण गराउने र बेरुजुफर्छ्योटसम्बन्धी कार्य गर्ने।
राजस्व र धरौटीको अभिलेख राख्ने।
दातृराष्ट्र/दातृसंस्थासँग भएको सम्झौताको आधारमा प्राप्त हुनुपर्ने नगद र वस्तुगत सहायतासम्बन्धी कार्य गर्ने।